Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकारोना नियन्त्रणमा आउन अझै दुई वर्ष लाग्ने : डब्लुएचओ

कारोना नियन्त्रणमा आउन अझै दुई वर्ष लाग्ने : डब्लुएचओ


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ८ महिनादेखि फैलिएको कोरोना भाइरस नियन्त्रणमा आउन अझै दुई वर्ष लाग्ने जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् १९१८ मा देखापरेको स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही अपेक्षा गर्न सकिने बताएका हुन् ।

तर, अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले विश्वास थियो । भाइरस थप फैलिने सम्भावना कायमै रहेपछि अहिलेको प्रविधिले रोक्न सकिने उनले बताए । कोरोना भाइरस विरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेकोमा डा टेडरोजले दोहोर्याए । सन् १९१८ को स्पेनिस फ्लूका कारण कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ८ लाख ३ हजार बढीको ज्यान गइसकेको छ भने २ करोड ३१ लाख भन्दा बढी मानिस विश्वभर संक्रमित भएका छन् ।

डब्लुएचओका प्रमुख डाक्टर टेडरोजले पीपीईमा भएको भ्रष्टाचारलाई आपराधिक क्रियाकलाप भएको भनेका छन् । उनले कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नहुने बताएका छन् । विश्वका विभिन्न देशमा महामारीकै बेला पीपीईसहितका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका घटना सार्वजनिक भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ