NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
culture

आदिवासी जनजातिका केही समुदाय संकटमा?

Nepaltube Australia

नेपालमा आदिवासी जनजातिको समग्र जनसंख्या बढे पनि केही समुदायको संख्या भने पछिल्लो एक दशकमा घटेको देखिएको छ।

राष्ट्रिय जनगणना २०६८ र २०७८ को तथ्यांकअनुसार आदिवासी जनजातिभित्रका केही साना समुदायको जनसंख्या उल्लेख्य रूपमा घटेको हो।

कुसुण्डाको जनसंख्या २०६८ मा २ सय ७३ रहेकामा २०७८ मा घटेर २ सय ५३ मा पुगेको छ। थकालीको जनसंख्या पनि करिब १३ हजारबाट घटेर ११ हजार ७ सय ४१ मा झरेको छ। याखा समुदायको जनसंख्या पनि करिब २८ प्रतिशतले घटेको देखिन्छ।

यसबीच मगर समुदाय सबैभन्दा ठूलो आदिवासी जनजाति समूहका रूपमा रहेको छ। २०७८ को जनगणनाअनुसार मगरको जनसंख्या करिब २० लाख १३ हजार छ।

जनसंख्या घट्नुका पछाडि बसाइँसराइ, सहरीकरण, जनसांख्यिक परिवर्तन तथा भाषा र संस्कृतिमा आएको परिवर्तनजस्ता कारण हुन सक्ने देखिन्छ। तर प्रत्येक समुदायको जनसंख्या घट्नुको कारण भने फरक हुन सक्छ।

आज विश्व आदिवासी दिवस मनाइरहँदा घट्दो जनसंख्यासँगै भाषा, संस्कृति र पहिचान संरक्षणको चुनौती पनि बहसको विषय बनेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार