Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsशेर्पा दाजुभाईको समाजसेवा, दोलखाका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा

शेर्पा दाजुभाईको समाजसेवा, दोलखाका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा


दोलखा । लामो समय देखी राजनीति तथा समाजसेवामा सक्रिय रहँदै आएका तरुण दल दोलखाका अध्यक्ष तथा युवा नेता दावासाङ्गे शेर्पाले बृद्धबृद्धा तथा बालबालिकालाई न्यानो कपडा सहयोग गर्नुभएको छ । दावासाङ्गेले भाइ कर्म शेर्पाको सहयोग तथा सल्लाहमा जिल्लाको दुर्गम गाउँ आलम्पुका ७० वर्षमाथीका २४० जना थामी बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

ज्याकेट वितरण गर्दै तरुण दल दोलखाका युवा नेता शेर्पाले दुर्गमका एक सय वर्ष माथिका ९ जना र दुई सय २९ जना ७० वर्ष उमेर नाघेका थामी बृद्धबृद्धामा सानो भएपनि खुसी भर्न पाएको बताए । न्यायो कपडा पाएसँगै बृद्धबृद्धाहरु समेत खुसी भएका थिए । यस्तै, दोलखाको भिमेश्वर नगरपालिकामा रहेको गौरीशंकर बालगृहका परिवार बिहिन ३० जना बालबालिकालाई समेत युवा नेता समेत रहेका समाजसेवी शेर्पा दाजूभाईले न्यानो कपडा वितरण गरेका छन् । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं सांसद जिपछिरीङ लामाकोहातबाट दावासाङ्गे र कर्मा शेर्पाले बालगृहको रेखदेखमा रहेका दोलखा लगायत सात जिल्लाका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । तरुण दल दोलखाका अध्यक्ष शेर्पाले एकसरो कपडामा रातदिन कटाउने बालबालिकालाई जाडोमा न्यानो होस् भन्ने उदेश्यले व्यक्तिगत रूपमा न्यानो ट्रयाकसुट वितरण गरेको जानकारी दिए ।

गौरीशंकर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटाले हाल बालगृहमा दोलखा, सिन्धुपाल्चोक, रामेछाप,ओखलढुंगा,हुम्ला, जुम्ला, कालिकोट लगायतबाट आएका परिवार बिहिन ३० जना बालबालिका गौरीशंकर बालगृहको संरक्षणमा रहेको जानकारी दिनुभयो । शेर्पा दाजुभाईले गरेको न्यानो कपडा सहयोगका लागि अध्यक्ष सापकोटाले धन्यवाद समेत दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ