Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब नेपालमा हिडडुल गर्न र सार्वजनिक सेवा लिन खोपकार्ड देखाउनुपर्ने, सवारीसाधनमा जोरबिजोर

अब नेपालमा हिडडुल गर्न र सार्वजनिक सेवा लिन खोपकार्ड देखाउनुपर्ने, सवारीसाधनमा जोरबिजोर


काठमाडौं । नेपाल सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियम लागू गरेको छ । सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन प्रशासनको आदेश जारी गरेको हो । खोप कार्डको प्रयोगबारे आजदेखि नै जिल्ला प्रशासनहरुले अनुगमन थालेका छन् ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै सीसीएमसीको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको छ । यता, कोरोना रोकथामका लागि भन्दै काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयहरुले आज रातिदेखि लागू हुने गरी नयाँ प्रतिबन्धात्मक आदेश जारी गरेका छन् । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारि मार्फत जारी आदेशमा सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्नेलगायतका निर्देशनहरु रहेका छन् । लामो दूरीका सवारी साधनमा बीचमा यात्रु चढाउन नपाउने तथा सकेसम्म सबै यात्रुका लागि एन्टिजेन परीक्षणको व्यवस्था गर्न गराउन आदेशमा भनिएको छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउने र परीक्षाहरु सञ्चालन नगर्ने पनि आदेशमा उल्लेख छ ।

रेस्टुरेन्ट तथा पसल, सपिङ मलमा स्वास्थ्य मापदण्डको पूर्णपालनासहितको भौतिक दूरी कायम गराउन भनिएको छ । यस्तै आजबाटै सार्वजनिक सेवा लिन र हिँडडुल गर्दा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य बोक्नुपर्ने भएको छ । यता, त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगले समेत पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेका छन । कोरोना महामारिकै कारण बैशाखमा गर्ने भनिएको माध्यमिक तहको परीक्षा एसईइ समेत प्रभावित हुने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ