Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएसियाली खेलकुदः मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको नेपालका तीनवटा विश्व किर्तिमान !

एसियाली खेलकुदः मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको नेपालका तीनवटा विश्व किर्तिमान !


काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको नेपालले तीनवटा विश्व किर्तिमान समेत बनाएको छ । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको हो ।

यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएको विश्व रेकर्ड थियो । मंगोलियाविरुद्धको खेलमा कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाएका छन् । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक कम बलमा टी–२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यानको किर्तिमान बनाउनुभएको छ । ऐरीले ९ बलमै अर्धशतक पुरा गर्नुभयो । दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गर्नुभयो । यस्तै कुशल मल्लले समेत ३५ वलमा शतक पुरा गरेको विश्व किर्तिमान ३४ बलमै सतक हानेर तोड्नुभएको छ ।

समूह एको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । समूह ए, बी र सीका शीर्ष १(१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ