Tuesday, 23 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalलगानी सम्मेलनको तयारी तिव्र, ‘सोकेस’ मा एक सय ४८ परियोजना राख्न सुझाव !

लगानी सम्मेलनको तयारी तिव्र, ‘सोकेस’ मा एक सय ४८ परियोजना राख्न सुझाव !

किन भैरहन्छन नेपालमा बारम्बार लगानी सम्मेलन ?


काठमाडौं । लगानी बोर्डले यही वैशाख १६ र १७ गते काठमाण्डौमा हुने लगानी सम्मेलनमा एक सय ४८ वटा परियोजना सोकेसमा राखिदिन सरकारलाई प्रस्ताव गरेको छ । बोर्डले प्रस्ताव गरेका परियोजनामध्ये निजी क्षेत्रका ३१ परियोजना समेत समेट्न सुझाब दिइएको हो ।

यस्तै,तीन तहका सरकार सम्मिलित परियोजना एक सय १७ वटा रहेको लगानी बोर्डले जनाएको छ । संघ, प्रदेश,स्थानीय तह र निजी क्षेत्रका गरी ९ खर्ब रुपैयाँ बराबरका एक सय ४८ परियोजना सोकेसमा राखिदिन सरकारलाई प्रस्ताव गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनको भनाई छ । नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको सरकारी दाबी छ ।

लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने अर्थमन्त्री पुनले जानकारी दिनुभएको छ । लगानी सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । सम्मेलनमा एक हजारभन्दा धेरै व्यक्तिको सहभागिता रहने सरकारको अनुमान रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ