Wednesday, 24 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकतारका राजा काठमाडौंमा, दुईदिने भ्रमण सकेर बुधबार साँझ स्वदेश फर्किने !

कतारका राजा काठमाडौंमा, दुईदिने भ्रमण सकेर बुधबार साँझ स्वदेश फर्किने !


काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा नेपाल आइपुग्नुभएको छ । आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आउनुभएका थानीलाई दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको हो ।

कतारी अमिरको राजकीय भ्रमणको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको छ । नेपाली सेनाले राजा थानीलाई सलामी अर्पण गर्नुका साथै गार्ड अफ अनर पनि प्रदान गरेको छ । कतारी राजाको स्वागतमा विमानस्थलमा राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लर्को नै लागेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै कतारी राजा थानीको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो उच्च स्तरिय पहिलो भ्रमण भएकाले नेपाल सरकारले सार्वजनिक विदा नै दिएर विशेष महत्व दिएको छ । कतारी अमिर फिलिपिन्स र बंगलादेशको औपचारिक भ्रमण सकेर नेपाल आएका हुन् । बुधबार साँझ भ्रमण पुरा गरेर स्वदेश फर्किने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ