Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वदेश फर्किए कतारी राजा, नेपाल र कतारबीच यी ६ विषयमा सम्झौता !

स्वदेश फर्किए कतारी राजा, नेपाल र कतारबीच यी ६ विषयमा सम्झौता !


काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि मंगलबार दिउँसो काठमाडौं आउनुभएका कतारी राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसँगै मन्त्रिहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कतारी अमिरको बिदाई गरेका हुन ।

दुईदिने नेपाल बसाईका क्रममा कतारी राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको थियो । कतारि राजा थानीको भ्रमणका क्रममा नेपाल–कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी विभिन्न ८ वटा विषयमा सम्झौता भएका छन् । प्रधानमन्त्री प्रचण्डसँग सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालयअन्तर्गतका ६ वटा र निजी क्षेत्रका थप २ सहित ८ विषयमा सम्झौता भएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री र कतारि राजासहितको प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको छ । नेपाल र कतारबीच युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोग, राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारी, दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ ।

कतारी अमिरको सम्मानमा मंगलबार सार्वजनिक बिदा दिइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सोल्टी होटलमा रात्री भोज र बुधबार दिउँसो प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ