Saturday, 27 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहुण्डि कारोबारी पछ्याउँदा साँढे १ किलो सुन र डेढ करोड नगद बरामद, ७ जना पक्राउ !

हुण्डि कारोबारी पछ्याउँदा साँढे १ किलो सुन र डेढ करोड नगद बरामद, ७ जना पक्राउ !


काठमाडौं । नेपालमा अबैध हुण्डि कारोबार मौलाउँदै गरेको तथ्य प्रहरी अप्रेसन र कारबाहीपछिका पछिल्ला तथ्यले आफै उजागर गर्नेगरेको छ । बिहिबार राती मात्रै पनि यस्तै हुण्डि कारोबारको गोप्य सुचना पछ्याएर काठमाडौंको न्युरोड क्षेत्रमा पुगेको प्रहरीले १ हजार ७६८ दशमलव २५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गर्न सफल भएको छ ।

न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले जानकारी दिनुभएको छ । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी त्यस्तै पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झण्डै डेढ किलो अबैध सुन र करिब डेढ करोड नगदसहित पक्राउ गरेर यो घटनामाथी थप अनुसन्धान गरिरहेको छ । नेपालबाट सुन तस्करी, हुण्डि कारोबारीमा भारतिपयको संलग्नता हुने आशंकालाई यो प्रहरी कारबाहीले सहि सावित गरिदिएको छ । थप गिरोहको संलग्नता र अन्य अबैध कारोबार माथी समेत प्रहरीले निगरानी बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ