Sunday, 28 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयुरोप छिर्न खोज्दा ठगिदै युवायुवती, नेपालमा यस्तो छ अवस्था !

युरोप छिर्न खोज्दा ठगिदै युवायुवती, नेपालमा यस्तो छ अवस्था !


काठमाडौं । पछिल्लो समय युवाहरुको आकर्षक श्रम गन्तव्य बनिरहेको युरोपेली मुलुक जाने र पठाउने नाममा ठगि मौलाएको छ । नेपालस्थित प्रहरी र वैदेशिक रोजगार विभागमा परेका अधिकांश ठगीका घटनाले युरोप पठाउने नाममा ठूलो ठगि भएको तथ्य सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पछिल्लो ३ वर्षमा मात्र वैदेशिक रोजगारी ठगीका १ हजार ४८ घटना दर्ता भएका छन् । यी ठगिका घटनामा जोडिएर २ सय ८५ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७८\०७९ मा १२० उजुरी परेकोमा आर्थिक वर्ष ०७९\०८० मा यो संख्या दोब्बरले बढेर २ सय ५४ पुगेको छ । चाल् आर्थिक वर्ष ०८०\०८१ सम्म आइपुग्दा यो संख्या झण्डै तीन गुणाले बढेर ६ सय ७४ पुगेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका संख्या मात्रै हुन प्रहरीसम्म नआइपुगेका ठगीका घटना अझ धेरै छन् । पूर्व डीआईजी केशव अधिकारी वैदेशिक रोजगारीका नाममा भएका ठगीका आँकडाले अचम्मित बनाउने गरेको बताउनुहुन्छ । यसरी प्रहरी र वैदेशिक रोजगार विभाग पुग्ने ठगिका गुनासा र उजुरीहरुमा अधिकांश ठगी युरोप पठाइदिने नाममा भएका छन् प्रहरी र वैदेशिक रोजगार विभागको तथ्यांकले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, क्रोएसिया, युके, ग्रिस लगायत देशमा पठाउने भन्दै ठग्ने क्रम बढ्दो देखाएको छ । अझ यस्तो ठगिहरु संस्थागत भन्दा व्यक्तिगत रुपमा बढी भएका छन् । कतिपय मेनपावर, कन्सल्टेन्सी समेत यो ठगि धन्दामा संलग्न देखिएका छन् ।

युरोपका राष्ट्रहरुमा पठाउने भन्दै प्रतिव्यक्ति दुईदेखि १५ लाखसम्म ठगि भएको पाइएको छ । पूर्वडीआईजी अधिकारी वैदेशिक रोजगारीमा युवाहरु ठगिनु चिन्ताजनक भएको बताउनुहुन्छ । श्रम अप्रवासन क्षेत्रका विज्ञहरुले नयाँ गन्तव्यमा युवाहरुको आकर्षणलाई बुझेर युरोपमा नेपाली श्रमिक जान पाउने बाटो खुला गर्न सरकारलाई सुझाब समेत दिन थालेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ