Thursday, 9 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकप्तान पौडेलको शतकमा वेस्टइन्डिज ‘ए’ सँग नेपाल ४ विकेटले विजयी

कप्तान पौडेलको शतकमा वेस्टइन्डिज ‘ए’ सँग नेपाल ४ विकेटले विजयी


काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी ट्वान्टी खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।

नेपाललाई सहज जितमा योगदान दिएका कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । रोहितको यो टी २० करिअरको पहिलो शतक पनि थियो । अन्तिम ओभरमा गुलशन झा ९ र प्रतिश जीसी ५ रनमा नट आउट रहे । ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी २४ रन बनाए भने विवेक यादव ७ रनमा आउट भए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसले सर्वाधिक ७४ रनको इनिङ खेले । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १–१ विकेट लिए । दोस्रो टी ट्वान्टी खेल आइतबार हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ