Sunday, 5 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइलाम र बझाङको उपनिर्वाचनमा एमालेले गाढ्यो विजयको झण्डा, देउवा र रविलाई धक्का !

इलाम र बझाङको उपनिर्वाचनमा एमालेले गाढ्यो विजयको झण्डा, देउवा र रविलाई धक्का !


काठमाडौं, विराटनगर । इलाम २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङ प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो ।

सुहाङले २७ हजार ७७२ भोट पाउदा निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९४२ भोटमात्रै पाउनुभयो । बुवाको बिरासत जोगाउदै सुहाङले हात पारेको जितसँगै एमाले नेता,कार्यकर्ता विजय उत्सब मनाइरहेका छन् । पहिचानवादीका पक्षबाट उठाइएका स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिंह थेगिमले १० हजार मत कटाउनु बाहेक यहाँ उहाँ बाहेक कसैको जमानत जोगिएन । इलाममा रवि लामिछाने नेतृत्वको रास्वपाको जमानत जफत भयो । मिलन लिम्बू ५ हजार ५० भोटमा रोकिनुभएको छ ।

यता, नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । भण्डारीले ११ हजार ६१३ मत ल्याउदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो । यहाँ कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार बाहेक सबैको जमानत जफद भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ