Saturday, 27 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइलाम–२ र बझाङ प्रदेशसभा–१ मा उत्साहपूर्ण मतदान, कस्ले मार्ला बाजी ?

इलाम–२ र बझाङ प्रदेशसभा–१ मा उत्साहपूर्ण मतदान, कस्ले मार्ला बाजी ?


काठमाडौं । इलाममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा उत्साह देखिएको छ । इलाम–२ मा ३ बजेसम्म नै ५० प्रतिशत हाराहारी मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । यस्तै,बझाङ प्रदेशसभा–१ मा दिउँसोसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभएको छ ।

विहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । दुवै क्षेत्रमा शान्तिपूर्ण रुपले मतदान हुँदा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । इलाम–२ मा १२ राजनीतिक दलबाट १२ जना र ७ स्वतन्त्र उम्मेदवार गरी जम्मा १९ जना चुनावी मैदानमा छन् । यता, बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना प्रतिष्पर्धामा छन् ।

इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित हुँदै मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि भोट हालेपछि आफ्नो पक्षमा माहौँल रहेको प्रतिक्रिया दिनुभएको छ । यता, रास्वपा उम्मेदवार मिलन लिम्बू समेत आफ्ने पक्षमा बहुमत मत पर्नेमा ढुक्क जस्तै हुनुहुन्छ । उहाँले इलामेली जनताको असली उम्मेदवार आफू भएको बताउदैआएका छन् । पहिचानवादी तर्फका उम्मेदवार डकेन्द्र थेगिमले पनि मतदान गर्दै उत्साह व्यक्त गर्नुभएको छ । बझाङमा भने रास्वपाका उम्मेदवार नभएकाले एमाले र कांग्रेसका उम्मेदवार बिच कडा प्रतिस्पर्धा देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ