Tuesday, 7 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा, किन सर्दैछ बारम्बार पेशी ?

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा, किन सर्दैछ बारम्बार पेशी ?


काठमाडौं । बारम्बार पेशी सरेर हैनार बनेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि हेर्न नमिल्ने सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएपनि आईतबार यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

सूचना अधिकारी तिर्थराज निरौलाले मुख्य न्यायाधीश निरौलाले विपक्षी झिकाउने आदेश गरेकाले हेर्न नमिल्ने भएको जानकारी दिनुभयो । आफूले पहिल्यै सुनुवाइ गरी धारणा व्यक्त गरिसकेको मुद्दामा अर्को पटक न्यायाधीशहरूले सुनुवाइ गर्दैनन् । लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी कसुरदार ठहराइएको जिल्ला आदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता भएर अहिले न्यायिक प्रक्रियामा रहेको छ । लामिछानेले आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिदा सरकारी वकिल कार्यालयको समेत पुनरावेदन निवेदन उच्च अदालत पुगेको थियो । यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । गत आइतबार अदालतले पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो । जिल्लाको फैसलाविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए । यता सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ शुरु भइसकेकोमा बारम्बार पेशी गरेर ढिलाई भैरहेको छ । क्रिकेटर सन्दिपले त आफूलाई फसाइएको दाबी गर्दै एकएकको भण्डाफोर गर्ने बताउँदैआउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ