Tuesday, 7 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsठमेलको होटलमा सीआईबीको छापा, हुन्डी कारोबारको आशंकामा तीन जना पक्राउ !

ठमेलको होटलमा सीआईबीको छापा, हुन्डी कारोबारको आशंकामा तीन जना पक्राउ !


काठमाडौं । हुन्डी कारोबारको आशंकामा ठमेलस्थित होटल भियनामा छापा मारेर प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेर हुण्डि कारोबारीको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको प्रवक्ता होविन्द्र बोगटीले जानकारि दिनुभएको हो ।

सुन तस्करी प्रकरणमा संलग्ता खुलेका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा प्रहरीले बारम्बार छापा मार्दै आएको छ । यसअघि चिनिया कल सेन्टर चलाएको र सुन तस्करी प्रकरणमा छापा मारिएको थियो । हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको यो होटल सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहनुभएकी दावाकी श्रीमती अमला रोकाको नाममा दर्ता कामय छ ।

हुन्डीको सूचनाका आधारमा छापा मारिएको प्रहरीले पुष्टि गरेपनि पक्राउ परेकाहरुको विवरण खुलाएको छैन । तीन जनालाई नियन्त्रणमा लिएको सीआईबीले थप अनुसन्धान भइरहेको जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ