Tuesday, 7 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु

निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाको ग्रामिण क्षेत्रमा निस्किए नेपाली वकिलहरु


मेलवर्न । जनसंख्या बढेसंगै अष्ट्रेलियामा कानुनी झमेला भोग्ने नेपालीको संख्या पनि बढ्न थालेको छ । निजी खर्चमा कानुनी सेवा लिन खर्चिलो तथा भाषा र संस्कृति बुझेका वकिलहरुको कमी हुदा कानुनी झमेलामा परेको नेपालीले थप सास्ती भोग्ने गरेका छन् । यहि पृष्ठभूमिमा नेपालीमूलका कानुन व्यवसायीहरु निशुल्क कानुनी सल्लाह दिन अष्ट्रेलियाका ग्रामिण इलाकाको भ्रमणमा निस्केका छन् ।

मे ५ तारिखमा भिक्टोरिया राज्यको बालाराट भन्ने स्थानबाट घोताने लयर्सका वकिलहरुले आफ्नो यात्रा सुरु गरेका हुन।कम्युनिटी डिस्कभरी टुर २०२४ नाम दिइएको सो यात्राको पहिलो कार्यक्रममा २ दजर्न बढी नेपाली सहभागी भएका थिए । मेलवर्नस्थित घोताने लर्यस्का प्रमुख टोनु घोतानेले सहभागीहरुले भिषा, घरेलुहिंसा, स्थाई बसोबास र जागिर बारेको कानुनीपाटो बारे जानकारी लिएको बताउनुभयो ।ग्रामिण इलाकामा बस्ने नेपालीहरुले सामान्य भन्दा सामान्य कानुनी सेवा लिन पनि शहर आउनुपर्ने तथा स्थानिय क्षेत्रमा भएको ल फर्महरुमा नेपाली भाषा बुझ्ने वकिलहरु नभएकाले ग्रामिण भेगको भ्रमणमा निस्किएको प्रमुख घोतानेले बताउनुभयो ।

भ्रमण टोलीमा घोतानेसहित वकिलहरु अजय शर्मा र माधव खरेल सहभागी हुनुहुन्छ । बालाराट पछि यो टोली छिट्टै भिक्टोरिया राज्यको गामिण इलाकाहरु सेपाटर्न, अबलरी, उडुङ्गा र जिलोङ्ग समेत पुग्ने तयारीमा छ । यी स्थानहरुमा आगामी जुन र जुलाई महिनाभित्र निशुल्क कानुनी सल्लाह दिने कार्यक्रम तय भएपनि समय र मिति भने एकिन गर्न बाँकि रहेको घोताने लयर्सले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ