Saturday, 7 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनागरिकता कीर्ते प्रकरणमा पक्राउ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा,अनुसन्धान जारी !

नागरिकता कीर्ते प्रकरणमा पक्राउ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानीमा रिहा,अनुसन्धान जारी !


काठमाडौं । नागरिकता कीर्ते प्रकरणमा पक्राउ गरेको ९ दिनपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा हुनुभएको छ । स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा सञ्चार उद्धमी सिरोहियालाई रिहा गरिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई छोरा सम्भव सिरोहियाको जिम्मा लगाएर बुधबार साँझ हाजिरी जमानीमा छाडेको छ । तेस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

स्वास्थ्य अवस्थालाई कारण देखाउदै पक्राउको ९ दिनमध्ये अधिकांश समय सिरोहिया अस्पताल बस्नुभयो । प्रहरी हिरासत छल्न खोजेको आरोप लागेपनि अन्ततः यहि कारण सिरोहिया हाजिरी जमानीमा छुट्नुभएको छ । सिरोहियाको नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ