Tuesday, 28 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचौतर्फी घेराबन्दीमा गृहमन्त्री रवि, दलीय सहमति नजुट्दा कसरी आउला बजेट ?

चौतर्फी घेराबन्दीमा गृहमन्त्री रवि, दलीय सहमति नजुट्दा कसरी आउला बजेट ?


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने यतिबेला चौतर्फी घेराबन्दीमा हुनुहुन्छ । गृहमन्त्री रविको नाम किटान गरेर संसदीय छानविन समिति बनाउने विषयमा कांग्रेस अडिग रहँदा सोमबार उहाँलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट नै दायर भएको छ ।

कांग्रेसले सडकदेखि सदनसम्म लामिछानेमाथि छानविनका लागि संसदीय छानविन समिति गठनको माग गर्दै आएको छ । जसका कारण संसद बैठक महिनौँदेखी प्रभावित हुदै आएको छ । प्रतिपक्षी दल कांग्रेसको अडान र संसद अबरोधले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई संसदमा बजेट पेस गर्न चुनौती बढेको छ । यता उक्त समस्या समाधान गर्न बनेको कार्यदलको बैठक निष्कर्ष विहिन बन्दा देशको राजनीति रविकै कारण मुठभेडमा पुग्न लागेको भन्दै टिकाटिप्पणी हुन थालेको छ । गृहमन्त्री रवि लामिछाने समेत मुछिएको सहकारी घोटाला प्रकरणमा संसदीय छानिविन समितिको टिओआर बनाउन दलहरु असफल भएका छन् ।

सोमबार बसेको कार्यदलको बैठक निष्कर्षविहिन भएपनि शिर्ष तहमा सहमतिको प्रयास भने जारी छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको नाम समाबेश नगरेसम्म टिओआरमा सहमति नबन्ने अड्डी कस्दा सहमति टाढिएको छ । संसदीय छानविन समितिको टिओआरमा सहमति नजुट्दा मंगलबार बस्ने प्रतिनिभिसभाको बैठक प्रभावित हुने र बजेट संसदमा टेवल गर्न अप्ठ्यारो परिस्थिति सिर्जना हुने आँकलन भैरहेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई बिश्वासमा लिएर अघि बढ्ने छलफलमा जुटेपनि सत्तारुढ दलहरु कांग्रेसले गर्ने विरोधको बेवास्था गर्दै संसदमा आर्थिक बर्ष २०८१\०८२ को बजेट पेस गर्ने रणनीतिमा देखिन्छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गणतन्त्र दिवसका दिन आर्थत् मंगलबार संसदमा बजेट पेस गर्नपर्ने संबैधानिक व्यवस्था रहेको छ । सत्तापक्ष पेलेर बजेट प्रस्तुत गर्ने लाइनमा रहँदा बजेटको अवशरमा निम्ता गरिएका बिशिष्ठ पाहुँनामा कस्तो सन्देश जाला भन्ने चर्चा हुन थालेको छ ।

सडकदेखि सदन हुँदै अदालतसम्म चौतर्फी घेरबन्दीमा परेका गृहमन्त्री रवि लामिछानेलाई भने महासंकट आइलागेको छ । सहकारी घोटाला प्रकरणमा जोडिएर रकम अपचलन गरेको भन्दै सर्वोच्चमा परेको रिटको बुधबार पेसी तोकिएको छ । अब प्रतिपक्षीको बिरोधसँगै नैतिक दबाबमा परेका गृहमन्त्री लामिछानेलाई चोख्याउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कत्तिको सफल हुन्छन् चासो यतातर्फ सोझिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ