Wednesday, 29 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एक सातामै गयो तीन नेपाली विद्यार्थीको ज्यान, कारण यस्तो !

अष्ट्रेलियामा एक सातामै गयो तीन नेपाली विद्यार्थीको ज्यान, कारण यस्तो !


ब्रिजबेन । पछिल्लो एक सातामा अष्ट्रेलियामा तीन जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । सिड्नीमा माछा मार्ने क्रममा समुन्द्रमा खसेर २ जना र डार्बिनमा १० तलाबाट खसेर एक जनाले ज्यान गुमाएका हुन् ।

एनआरएनए न्यु साउथ वेल्सका संयोजक विनोद कुँबरले सोमबार फिसिङ गर्न पुगेका ३ जना नेपाली विद्यार्थी मध्ये दुई जनाको छालले तानेर ज्यान गएको पुष्टि भएको जानकारि दिनुभयो । यो घटनाको न्यु साउथ वेल्स प्रहरीले विज्ञप्ती नै जारी गरेर पुष्टि गरेको छ । माछा मार्न तीन जना गएका मध्ये २ जनाले ज्यान गुमाएको घटनामा लाईफ ज्याकेट नै नलगाएको पाइएको छ । दुर्घटना भएको कर्णेल बिच क्षेत्रमा तल पानी माथी चट्टाने पहाड भएकोले जोखिम रहेको भन्दै बारम्बार सचेत गराइदै आइएको छ । तीन वर्ष अघि विद्यार्थी भिसामा आएका विद्यार्थीले पानीमा डुबेर ज्यान गुमाएपछि परिवार बिछिप्त बनेका छन् । अष्ट्रेलियाको चट्टानयुक्त बीच क्षेत्रमा वर्षेनी १० जनाले माछा मार्न जाँदा ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाएको छ । लाइफ ज्याकेज नलगाउदा, मदिरा सेवन गर्दा र मौसमी परिवर्तनको ख्याल नगर्न बढी जोखिम भएको भन्दै सचेतना अपनाउन विज्ञले सुझाब दिएका छन् ।

यस्तै गत साता मात्रै डार्बिनमा १० तला माथीबाट खसेर एक जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । घटना के कति कारणले भयो भन्ने तथ्यको खोजी यतिबेला नर्दन टेरिटोरी प्रहरीले गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ