Friday, 24 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसञ्चारउद्यमी कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति, प्रतिशोध नसाधिको प्रधानमन्त्रीको दाबी !

सञ्चारउद्यमी कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति, प्रतिशोध नसाधिको प्रधानमन्त्रीको दाबी !


काठमाडौं । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।

प्रहरीले ५ दिनको म्याद मागेपनि न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश दिएको छ । नागरिकता कीर्ते प्रकरणमा मंगलबार काठमाडौंमा पक्राउ परेका सिरोहियालाई रातभर स्थलमार्ग हुँदै बिहान धनुषा पु¥याइएको थियो । केही दिन पहिले मात्रै सिरोहियाले दोहोरो नागरिकता प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । अदालतबाट पक्राउ पुर्जी जारी गरेर मंगलबार साँझ कान्तिपुर मुख्यालय थापाथलीमै पुगेर गिरफ्तारी गरिएको थियो ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारउद्यमी कैलाश सिरोहियामाथी राज्यले कुनै खालको प्रतिशोध नसाधिएको दाबी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नागरिकतामा समस्या नभएमा अदालको न्यायिक प्रक्रियाबाट निर्दोष सावित हुने भन्दै होहल्ला आवश्यक नभएको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ