Tuesday, 28 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख दलका नेताहरु छलफलमा,शीर्ष तहमा सहमति खोज्ने प्रयास !

प्रमुख दलका नेताहरु छलफलमा,शीर्ष तहमा सहमति खोज्ने प्रयास !


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामाथीको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआरमा कार्यदलस्तरमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास बालुवाटार बैठकबाट भएको हो ।

प्रधानमन्त्रीको सरकारि निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी भएका थिए । गृहमन्त्री रवि मुछिएको सहकारीको नाम राखेर संलग्नताको आरोप लागेका सबैमाथी छानविन गर्ने कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल भएको बताइएको छ । दुवै पक्षका प्रस्तावबाट मध्यविन्दु पहिल्याएर सदनको अवरोध हटाउने सकारात्मक प्रयास भएको नेताहरुले बताएका छन् । कांग्रेस नेताहरु बैठकबाट बाहिरिदैगर्दा सकारात्मक छलफल भएको धारणा व्यक्त गरेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सदनको जारी गतिरोध हटाउने विषयमा भएको बालुवाटारको छलफल सकारात्मक भएको जानकारि दिनुभयो ।

समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्ने या नतोक्ने भन्नेमा सत्ता र प्रतिपक्षबिच विवाद रहदैआएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेससहित विपक्षमा रहेका दलहरु संसदीय छानविन समिति नबन्दासम्म संसदको अबरोध नखुलाउने र सडक आन्दोलनको मोर्चाबाट पछि नहट्ने अडानमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ