Wednesday, 22 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, कार्यकक्षमै भएको प्रहरी प्रवेशको बिरोध !

कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, कार्यकक्षमै भएको प्रहरी प्रवेशको बिरोध !


काठमाडौं । कान्तिपुर मिडिया ग्रपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थि कार्यकक्षबाटै गिरफ्तार गरिएको छ । नागरिकता प्रकरणमा परेको उजूरीमाथी छानबिन गर्दै जिल्ला अदालत धनुषाले अदालतसँग पक्राउ पुर्जी लिएपछि सिरोहियाको गिरफ्तारी गरिएको हो ।

कान्तिपुर कार्यालय थापाथलीमा पुगेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वको प्रहरी टोली गिरफ्तारी गरेको हो । कान्तिपुरको थापाथलीस्थित कार्यालमा प्रहरीको प्रबेश गराएर उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कान्तिपुरले लेखेका सहकारी प्रकरणका समाचारमाथीको बद्ला लिएको भन्दै आलोचना भैरहेको छ । नेपाल पत्रकार महासंघ, मिडिया सोसाईटी लगायतका विभिन्न सञ्चार संवद्ध संघ संस्थाले सञ्चार क्षेत्रमाथीको हस्तक्षप रोक्न, समाचार लेखेको नाममा प्रतिशोध र बदलाको भावना नदेखाउन चेतावनी दिएका छन् । सञ्चारउद्यमी सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने प्रतिबद्धता गिरफ्तारिका क्रममा गर्नुभएको । यस्तै, उहाँले कान्तिपुरको समाचार रोक्न, ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरेर गिरफ्तारी गरिएको भन्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृृढता व्यक्त गर्नुभएको छ । सञ्चारउद्यमी सिरोहियाले रवि लामिछानेका गलत कदमविरुद्ध आफै अन्तिम लडाई लड्ने घोषणा समेत गर्नुभएको छ ।

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज निरन्तर कान्तिपुर मिडिया ग्रुपले उठाइरहेको छ । यही प्रकरणका क्रममा उपप्रधान एवम् गृहमन्त्री रवि जोडिएको सहकारी घोटाला प्रकरणमा श्रृङ्खलाबद्ध रुपमा कन्तिपुरले समाचार प्रकाशन÷प्रशारण गर्दैआएको छ । सञ्चारगृहभित्र प्रहरी हस्तक्षप गराएर गिरफ्तारी गर्दैै राज्यशक्तिको दुरुपयोग गृहमन्त्रीको ठाडो निर्देशनमा भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार मात्रै अनुमति दिएको थियो । सञ्चारउद्यमी सिरोहियाको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप माथी प्रहरीले अनुसन्धान गरिरहँदा उपप्रधान एवम् गृहमन्त्री रविको दोहोरो राहदानी र नागरिकतामाथी समेत बिवाद उब्जिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ