Wednesday, 22 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेसको अबरोधका बीच संसद बैठक : प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

कांग्रेसको अबरोधका बीच संसद बैठक : प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा चौथो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको नारावाजीका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको हो । एक मत दिन्न भन्ने पक्षमा परेको छ ।

विश्वासको मतको पक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, एकिकृत समाजवादी, अशोक राई नेतृत्वको जनता समाजवादी र सीके राउत नेतृत्वको जनमत, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी उभिएका थिए । कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, जनमोर्चाका सांसद रोस्टम अघि उभिएर नारावाजी गरेका कारण विश्वासको मतको प्रक्रियामै सहभागि भएनन । पक्षमा बहुमत पुगेको घोषणा गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेको जानकारि गराउनुभएको छ । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये निर्वाचन प्रक्रियामा १५८ सांसद सहभागि भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार संसद् बैठकबाट विश्वासको मत लिएका हुन । विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक र त्यसपछि कांग्रेससँग गठबन्धन बदलेर दोश्रो पटक र पुनः एमालेसँगको गठबन्धनमा फर्किदा तेश्रो पटक विश्वासको मत लिएका थिए । नयाँ सत्ता गठबन्धन बनेपछि जनता समाजवादी पार्टी नेपालमा आएको विभाजन र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले समर्थन फिर्ताको निर्णयपछि चौथो पटक विश्वासको मत लिनुपरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ