Saturday, 27 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalकांग्रेसको अवरोधका बीच केही समय चल्यो संसद बैठक, अर्को बैठक शुक्रबार बस्ने

कांग्रेसको अवरोधका बीच केही समय चल्यो संसद बैठक, अर्को बैठक शुक्रबार बस्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच प्रतिनिधि सभा बैठक केही समय सञ्चालन भएर शुक्रबारसम्मका लागि स्थगित भएको छ । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसदको नियमित कामकारबाही सञ्चालन गर्नुभएको हो ।

कांग्रेस सांसद बद्री पाण्डेले बोलेपछि कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी गरेका थिए । कांग्रेसको नाराबाजीबीच सभामुख घिमिरेले सदनको कारबाही अगाडि बढाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पेश गर्ने कार्यसूची अघि बढेको थियो । यस्तै, राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको थियो । कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित भएपछि सभामुख घिमिरेले बैठक रोकेर अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्नेगरि बोलाउनुभएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ । समिति बनाउन सरकार,सत्तारुढ दल पनि तयार भएका छन् । तर टिओआरमा दलहरु बीच अझै कुरा मिल्न सकेको छैन। गृहमन्त्री रवि मुछिएका सहकारीको नाम लेख्ने र व्यक्ति किटान गर्ने भन्ने बिषयमा विवाद देखिएको छ । व्यक्ति तोक्दा गलत नजिर बस्छ भन्दै कानूनमन्त्री पदम गिरीले सरकार व्यक्ति लक्षित छानबिन समितिको पक्षमा नरहेको बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ