Wednesday, 22 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीप लामिछानेले पाएनन अमेरिकाको भिसा, अब के हुन्छ ?

क्रिकेटर सन्दीप लामिछानेले पाएनन अमेरिकाको भिसा, अब के हुन्छ ?


काठमाडौं । भिसा एप्लाई गरेका नेपाली क्रिकेटर सन्दीप लामिछाने भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन अमेरिकाको भिसा एप्लाई गरेका सन्दीपको आवेदन अस्विकृत भएको हो ।

क्रिकेटर सन्दीप आफैले सामाजिक सञ्जालमार्फत अमेरिकी दूतावासले भिसा दिन अस्वीकृत गरेको जानकारि गराउनुभएको छ । यसअघि जस्तै पहिलो चरणमा अस्विकार गरेर अर्को चरणमा दिने विश्वास उनका समर्थकहरुको रहेको छ । सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने क्रममा सन्दीपलाई सुरुमा भिसा दिन अस्विकार गरिएको थियो । क्रिकेटर सन्दिपले भिसा नपाउँदा चौतर्फी आलोचना भयो । पछि दबाबपछि दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेको नाममा भिसा उपलब्ध गराएको थियो । दूतावासमा प्रभाव भएका केही अभियन्ता, नेता र मिडियाले सन्दीपलाई भिसा रोक्न दबाब दिएको भन्दै क्यानले समेत चासो राखेको छ ।

अमेरिकाले आफ्नो भिसा पाउन कठिन छ भन्ने देखाउन रणनीतिक रुपमै यो निर्णय लिइएको आँकलन समेत भैरहेको छ । विगत जस्तै दोश्रो प्रयासमा भिसा पाउने र टी–२० विश्वकपमा सहभागी हुने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ