Friday, 24 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसदमा कांग्रेसको अबरोध जारी, आजको बैठक समेत प्रभावित

संसदमा कांग्रेसको अबरोध जारी, आजको बैठक समेत प्रभावित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसको अवरोधपछि कार्यसुचिमै प्रवेश नगरि आईतवारसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेस सांसदले उठेर संसद चल्न नसक्ने संकेत गरे । यसपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले घोषणा गर्नुभयो । नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने काँग्रेसले बताएको छ ।

यता, संसदीय छानविन समितिको टिओआरका लागि कार्यदलको बैठक पटक पटक बसेपनि सहमति जुट्न सकेको छैन । शुक्रबारको बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको ठाउँमा बिवादमा मुछिएका सहकारीको नाम लेखेर संसदीय समिति बनाउन सकिने लचकता देखाएको छ । आगामी कार्यदल बैठकमा ठोस सहमति हुने आशा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ