Wednesday, 29 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगायीका समिक्षा अधिकारी अष्ट्रेलियामा, जुन १ मा डार्बिनमा नेपाल फेष्टिभल आयोजना हुँदै !

गायीका समिक्षा अधिकारी अष्ट्रेलियामा, जुन १ मा डार्बिनमा नेपाल फेष्टिभल आयोजना हुँदै !


डार्बिन । अष्ट्रेलियास्थित नर्दन टेरेटोरी राज्यको डार्बिन शहरमा आयोजना हुने नेपाल फेष्टिभलमा सहभागी हुन गायीका समिक्षा अष्ट्रेलिया आइपुग्नुभएको छ । डार्बिनमा जुन १ तारिखमा हुने नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुती पस्किन गायीका अधिकारी अष्ट्रेलिया आईपुग्नुभएको हो ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली कला, संस्कृति, गीत, संगीत र खानाको प्रबद्र्धन र जगेर्नामा योगदान दिने उद्देश्यले आयोजना हुने फेष्टिभलको तयारी पुरा भएको जानकारि दिनुभयो । नेपाल फेस्टिभल एनआरएन नर्दन टेरिटरीको सिग्नेचर प्रोग्राम हो। डार्बिन सहरको प्रमुख पर्यटकीय क्षेत्र ‘वाटर फन्ट’मा जुन १ तारिख शनिबार ३ बजे देखि राति १० बजेसम्म नेपाल फेष्टिभल चल्नेछ । नेपाल हाउस, भर्च्युल नेपाल टुर, सांस्कृतिक झाँकी र खानाका परिकारहरूसहित मिनी नेपालको झल्को पाइनेछ । नेपालको परम्परा, चाडपर्व, धर्म, संस्कृति, नेपाली भाषाको लिपिदेखि बाजा र हस्तकलाका समानहरू प्रदर्शनी राखिनेछन् ।

कार्यक्रममा स्थानीय कलाकारहरूले दर्जनौँ प्रस्तुति रहनेछ । नेपाल फेस्टिभल डार्बिनमा नेपालका राष्ट्रिय कलाकारको पनि उपस्थिति रहनेछ। गायन, नृत्य र पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमाल तराई सम्मका कला संस्कृति र भोषभुशा झल्कने कल्चरल परेडको मजा लिन पाइनेछ । नेपाल फेस्टिभलमा नेपाली र अन्य स्थानीय बहुसांस्कृतिक गरी १० हजार बढी दर्शकहरू सहभागी हुने अनुमान गरिएको छ ।

यता, अष्ट्रेलियाको नर्दन टेरेटोरी सरकारले नेपाल फेस्टिभलका लागि २ लाख १० हजार ८०९ अष्ट्रेलियन डलर आर्थिक सहायता गरेको छ । नेपाल फेस्टिभलका लागि यती धेरै रकम प्राप्त हुनु नर्दन टेरीटरीवासी नेपालीको लागि मात्र नभई अष्ट्रेलियाकै नेपाली समूदायको लागि गौरवको विषय हो । यो अष्ट्रेलियामा नेपाली समुदायले पाएको सम्भवता सबैभन्दा ठुलो अनुदान समेत हो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ