Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा दशैं, ब्रिजबेनको एउटा पसलबाट नेपालीले बेचे १० हजार किलो मासु !

अष्ट्रेलियामा दशैं, ब्रिजबेनको एउटा पसलबाट नेपालीले बेचे १० हजार किलो मासु !


ब्रिजबेन । नेपालसहित नेपालीहरुको बाहुल्यता रहेका विदेशी भुमिमा समेत दशैंको हर्षौल्लासको माहौँल देखिएको छ । मिठो खाने, राम्रो लगाउने र विजया दशमीका दिन रातो टिका, जमरासहित मान्यजनबाट आशिर्वाद लिने महत्वपूर्ण पर्वका रुपमा दशैंलाई उत्सबका रुपमा मनाउने गरिन्छ ।

दशै नजिकिएसँगै अष्ट्रेलियाको ब्रिजबेनस्थित भ्यालीमा रहेको स्माइल हलाल मासु पसलमा समेत मासुका विभिन्न परिकार किन्नेहरुको भीड लागेको छ । सञ्चालक सुमन खड्काले भुटन मिक्सको माग अन्य समयको तुलनामा अत्यधिक रहेको, छालासहितको पोलेको मासु, छाला नभएको फ्रेस मासुको माग धेरै हुँदा व्यापार समेत मनग्य भएको जानकारि दिनुभयो । सञ्चालक खड्काले एक हजार खसीबोका काट्ने र १० हजार किलो मासु बेच्ने लक्ष्य अनुसार नै व्यापार भएको जानकारि दिनुभयो । यतिबेला ब्रिजबेनका मासु पसलसँगै सपिङ मलमा समेत दशै मनाउने नेपालीहरुको किनमेल बाक्लिएको छ ।

नेपालमा मात्रै नभएर अष्ट्रेलियामा समेत बाक्लो संख्यामा रहेका नेपालीहरुले जमरा राखेर, रातो टिकासहित दशै लगायतका नेपाली पर्वलाई निरन्तरता दिदैआएका छन् । आज अष्टमीका दिन माछामासु खाने विशेष दिन र बुधबार टिका जमरा लगाएर मान्यजनबाट आशिर्वाद लिने विशेष दिन हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ