Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली युवाको व्यवसायिक सफलता, सिप भए भोकै मर्नुपर्दैन !

अष्ट्रेलियामा नेपाली युवाको व्यवसायिक सफलता, सिप भए भोकै मर्नुपर्दैन !


ब्रिजबेन । हातमा सिप भएमा संसारको कुनै पनि कुनामा पुगेर बाँच्न सकिन्छ भन्ने उदाहरण बन्नेहरु धेरै नै छन् । आज हामी नेपालबाट श्रीतमीको उच्च शिक्षाका लागि अष्ट्रेलिया आएर व्यवसायिक सफलता हासिल गरेका उर्जावान युवाको सफलताको कथा देखाउँदैछौँ ।

केही वर्षअघि नेपालस्थित बुटवलबाट श्रीमतिलाई उच्च शिक्षा दिलाउन भन्दै अष्ट्रेलियाको ब्रिजबेन आइपुगेका बिजय सुनार अहिले सफल व्यवसायीका रुपमा दरिएका छन् । नेपालमा रहँदा गर्दैआएको पुख्यौँली पेसा अर्थात सुनका गहना बनाउने सिप उनका लागि सफल व्यवसायी बनाउने बलियो हतियार बनेको छ । नेपालबाट अष्ट्रेलिया आउँदा नै सुन बनाउने केही सरसामान बोकेर आएका विजय सुरुवातमा घरमै बसेर नेपाली समूदायबाट आउने अर्डर अनुसारको गरगहना बनाएको बताउनुहुन्छ । पछि गरगहनाको माग धेरै न आएपछि आफू र श्रीमतिले कमाएको केही पैसा, नेपालबाट आउँदा ल्याएको केही गहनाबाट सुन पसल सञ्चालनमा ल्याएको उहाँ बताउनुहुन्छ ।

अहिले बिजय दम्पती नै ब्रिजबेनको चर्मसाइडमा रहेको आफ्नै श्री गणेश ज्वेलरी सपमा व्यस्त भेटिन्छन् । अष्ट्रेलियामा कानुन पालना गरेर कुनै व्यवसाय गर्दा सहज वातावरण रहेको बुझाई बिजयसँग छ । गहना पसलबाट व्यवसायीक सफलता चुम्दै गरेका बिजय फेसबुक पेजबाट र फोन गरेर आफूलाई चाहेको गरगहना अर्डन गर्न सबैलाई आग्रह गर्नुहुन्छ ।

यसरी लिन सक्नुहुन्छ, नेपालीको गहनागृहबाट चाहाना अनुसारको गरगहना भिडियो लिंक

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ