Monday, 3 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दिप लामिछानेलाई भिसा दिन फेरि अमेरिकाको अस्वीकार

क्रिकेटर सन्दिप लामिछानेलाई भिसा दिन फेरि अमेरिकाको अस्वीकार


काठमाडौं । विश्वकप क्रिकेट खेल्न अमेरिका जान खोजेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्तामा बोलाएपनि फेरि भिसा दिन अस्वीकार गरेको छ । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको भएपनि भिसा भने नदिएको हो ।

यस्तो छ भिसा अस्वीकार बारे क्यानको विज्ञप्ती :

 

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै सन्दिपलाई क्यानले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो । तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई बारम्बारको प्रयासमा पनि रोक लगाएको छ । बुधबार राप्रपा सांसद ज्ञानेन्द्र शाही, अभियन्ता निकोलस भुसाल लगायतले लामिछानेको भिसाका लागि प्रदर्शन गरेका थिए । यता परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समेत कुटनीतिक नोट पठाउँदै सन्दिपलाई भिसा दिन आग्रह गरेका थिए । तर अमेरिका भिसा नदिने आफ्नो अडानमा यथावत देखिएको छ ।

टी–२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ । जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ । दुतावासले भिसा अनुमति दिएमा लामिछानेले तुरुन्तै अमेरिका उड्ने तयारी भएपनि यो विश्वकप यात्रा उनी बाहेकको टिमले खेल्ने भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ