Saturday, 15 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदेशभर गर्मीको मार, डेंगुका विरामी बढ्दा अस्पताल खचाखच !

देशभर गर्मीको मार, डेंगुका विरामी बढ्दा अस्पताल खचाखच !


काठमाडौं । देशभर गर्मीसँगै डेंगुका विरामी समेत बढेका छन् । देशको तराई मधेशमा ४० डिग्रीबाट तापमान उकालो लाग्दा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को विवरणअनुसार यस वर्ष हालसम्म ७१ जिल्लामा डेंगुका विरामी देखिइसकेका छन् ।

हालसम्म ७१ जिल्लामा १ हजार १३० जना डेंगुका विरामी भेटिएका छन् । अत्यधिक गर्मीकै कारण विद्यार्थीहरू बेहोस हुने क्रम बढेको छ । अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्दै गएको भन्दै स्थानीय तहहरुले बिहान ६ बजे देखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न थालेका छन् । कतिपय तराई मधेश क्षेत्रका विद्यालयहरु बर्षे विदामा समयोजन गर्नेगरि बन्द गरिएका छन् । हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आज बाँकेको भगवानपुरमा ४३ दशमलव ५ डिग्री सेल्सियस र नेपालगञ्ज विमानस्थलमा ४३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारि दिएको छ ।

अत्याधिक गर्मिका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्नसक्ने चिकित्सकहरु बताउँछन् । तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन, पानी तथा झोलिलो खानेकुरा खान, अत्यावश्यक बाहेक हिडडुल नगर्न चिकित्सकको सुझाव रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ