Thursday, 8 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालस्थित नुवाकोटमा हेलिकप्टर दुर्घटना, क्याप्टेनसहित ४ पर्यटकको निधन !

नेपालस्थित नुवाकोटमा हेलिकप्टर दुर्घटना, क्याप्टेनसहित ४ पर्यटकको निधन !

१ सय १० हवाई दुर्घटनामा ९ सय ६५ जनाको मृत्यु !


काठमाडौं । फेरि पनि नेपाली हवाई उडानमा एउटा दुखद घटना थपिएको छ, आज दिउँसो साँढे २ बजे आशपासमा एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा दुर्घटना हुँदा क्याप्टेन अरुण मल्लसहित ४ चीनिया नागरिकले ज्यान गुमाएका हुन ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार क्याप्टेन मल्लले उडाएकाे एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको याफ्रुबेसीका लागि उडेको थियो । विमान खराब मौसमका कारण रुखमा ठोक्किएर आगोलागीसहित भुईमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हवाई दुर्घटनामै ९ सय ६४ जनाको मृत्युु !
प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटना हुँदा नौ सय ६५ जनाको मृत्यु भएको छ । प्राधिकरणको विवरण अनुसार एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, सिङ्गल इञ्जिन विमान ८ वटा दुर्घटनामा परेर २५ र ४१ वटा हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ । दुई साता अघि साउन ९ मा मात्रै काठमाडौंबाट पोखरा उडेको सौर्य एयर दुर्घटनामा क्याप्टेन बाँच्न सफल भएपनि १८ जनाले ज्यान गुमाएका थिए ।

नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियोे ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ