Friday, 9 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस

नेपालमा मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस


काठमाडौं । विश्व अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएसँगै यो दिवस मनाउदै आइएको हो ।

बहु–जाती बहु–धर्म र बहु–संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू–भागमा आदिवासी समुदायहरू रहेका छन् र तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रीति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दुर कोसिस गर्दै आएका छन् । यो बर्ष एकान्तवास स्वेच्छिक हुनुपर्दछ र आदिवासी र परिवारहरुको प्रारम्भिक सम्पर्क र एकान्तवासका बेलामा पनि उनीहरुको अधिकारको रक्षा हुनपर्छ भने नारासहित दिवस मनाइएको छ । दिवसका क्रममा जनजातीको पहिचान झल्काउदै विभिन्न झाकीसहित सांस्कृतिक कार्यक्रम भएका छन् । आदिवासी जनजाती दिवसका अवशरमा कोसी प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा नै दिएको थियो ।

संयुक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् । आफ्नो पहिचान र थलो कालागि पुस्तौँदेखि एक ठाउँमा खनी–खोस्री, प्रकृतिसँग पौंठेजारी खेल्दै आएका आदिवासी समुदाय विश्व कोलागि प्राचीन सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती बन्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ