अब नेपालका निजी अस्पतालमा समेत सरकारी सरह तलब सुविधा, ओभरटाईमको समेत व्यवस्था गर्नुपर्ने !
काठमाडौं । अब देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पतालले नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिन निर्देशन दिदै पत्राचार गरेको हो ।
मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई लेखिएको पत्रमा न्यूनतम पारिश्रमिक र सेवा सुविधा कार्यान्वयन गर्न भनिएको छ । स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न ध्यानाकर्षण गराएको मन्त्रालयले तोकिएको समय भन्दा बढी काम लगाएमा अतिरिक्त भत्ताको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
पाँच बुँदे निर्देशनमा मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रहरू कार्यालयले राख्न नपाइने भनेको छ ।
तपाईको प्रतिक्रिया