NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बल्ल ६ प्रतिशत युवाले बनाए मतदाता परिचय पत्र, खै १६ लाख ?

Nepal Tube

काठमाडौं । गत निर्वाचनपछिको तीन वर्षमा बालिग मताधिकारका लागि उमेर पुगेका युवा मध्ये अहिलेसम्म ६ प्रतिशतले मात्रै मतदाता नामावलीमा नाम लेखाएका छन् ।

निर्वाचन आयोगका अनुसार जेन जि युवालाई समेत निर्वाचनमा समेट्ने भन्ने पछिल्लो पटक खुलाएको मतदाता नामावली संकलन अभियानमा अहिलेसम्म १ लाख ४ हजार हाराहारी युवाले मात्रै नाम लेखाएका हुन । राष्ट्रिय तथ्यांक कार्यालयका सूचना अधिकारी लोकबहादुर खत्रीले जनगणना २०७८ को तथ्यांक अनुसार २०२६ मार्च ५ को निर्वाचनमा  मतदानका लागि १८ वर्ष उमेर पुगेका बालिग मतदाताको संख्या १७ लाख ५४ हजार रहेको जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम लेखाएर मतदानका लागि तयार हुनुपर्ने युवाको ठूलो संख्या छुट्दा पुरानै नेता दोहोरिने चिन्ता गर्न थालिएको छ । अब कार्तिक मसान्तसम्म कति युवाले मतदाता नामावलीमा नाम लेखाउलान त ?

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार