NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौं विमानस्थलको उडान र अवतरण ५ घण्टा बढी ठप्प, कारण यस्तो

Nepal Tube

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा शनिबार बेलुकाका उडान र अवतरण प्रभावित भएका छन् ।

photo- Npl

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाले साँझ ५:३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ गर्नुपरेको र केहीलाई अन्यत्र डाइभर्ट गरिएको जानकारी दिनुभएको हो । ‘एयर फिल्ड लाइटिङ’ मा समस्या आउदा शनिबार राति ९:२० बजेसम्म उडान र अवतरण बन्द भएको सूचना जारी गरिएको छ ।

धेरैजसो यात्रुहरु उडान हुने पर्खाइमा छन् । एयर इण्डियाको उडान आइतबार बिहानलाई सारिएको छ । तस्बिर: नेपाल फोटो लाइब्रेरी

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार