नेपालकै पुरानो व्यापारिक केन्द्र काठमाडौँको असन र इन्द्रचोक (फोटो फिचर)
काठमाडौं । देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित काठमाडौँको असन र इन्द्रचोक क्षेत्र दिउँसो मात्रै नभएर बिहान-साँझ पनि भिडभाड रहन्छ । लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र रूप स्थापित थियो ।
असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुन देखि सुन सम्म पाइने गर्दछ । यहि कारण यो क्षेत्रमा विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ ।
बिहानको समयमा भने असन इन्द्रचोकमा हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत ताततातो सेल रोटी किन्न र खाना पाइन्छ
लामो समय देखि इन्द्रचोक क्षेत्रमा बिहानको समयमा तरकारी बिक्री गर्दै आउनुभएका श्रीराम रायमाझी एक वर्ष अगाडी सम्म ९ बजे सम्म व्यापार गर्न पाइने भएपनि अहिले काठमाडौं महानगरबाट समय घटाएर ८ बजे सम्म मात्र व्यापार गर्न पाइने नियम लागू भएको बताउनुहुन्छ ।
काठमाडौँमा सहरीकरणसँगै विभिन्न सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि असन इन्द्रचोक क्षेत्रमा खासै प्रभाव देखिँदैन । जहाँ बिहान देखि साँझसम्मै ग्राहकको भिड लाग्ने गर्दछ ।
अधिकांस व्यापारी बिहानको व्यापार गर्ने समय केही थप गरिदिए बिक्रीका लागि ल्याइएको सामग्री फिर्ता लाग्न नपर्ने बताउछन् । व्यापारको समय ८ बजे सम्म भए पनि ७:४५ देखि नै नगरप्रहरी पसल उठाउन सिट्टी बजाउँदै आउने व्यापारीहरूको गुनासो छ । (फोटो : नेपाल फोटो लाइब्रेरी)
















तपाईको प्रतिक्रिया