हरेक हवाई उडानमा ‘माउन्टेन फ्लाइट’ कै अनुभव (फोटो डायरी)
काठमाडौं । संसारका धेरै देशहरूमा हवाई जहाज उड्नु सामान्य दैनिक प्रक्रिया मानिन्छ । तर नेपालमा उड्ने प्रत्येक फ्लाइट, चाहे त्यो काठमाडौं–पोखरा होस्, जनकपुर–काठमाडौं होस्, धनगढी, विराटनगर वा नेपालगन्ज मुगु नै किन नहोस् यात्रुले माउन्टेन फ्लाइटमा उडेको अनुभूति पाउछन् ।

तराई क्षेत्रमा निश्चित रुटमा उडान भरेपनि पहाडमा पाइलटले आफैं बाटो बनाउने संसारकै दुर्लभ अभ्यास नेपालका उडानमा हुन्छ । एयरलाइन्सको तथ्यांक अनुसार सगरमाथाको दृश्यावलोकनका लागि मात्र हरेक वर्ष २५–३० हजारले यात्रा गर्छन् । तर, देशको अद्भूत सुन्दरताका कारण नेपालका आन्तरिक यात्रुहरू प्रत्येक दिन, प्रत्येक फ्लाइटमा ‘माउन्टेन फ्लाइट’ कै जस्तो अनुभव गरिरहेका हुन्छन् ।

काठमाडौंबाट उडान सुरु भएसँगै देखिने गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला, पोखरा जाने क्रममा माछापुच्छ्रे हिमालसँगै स्वागतका लागि उभिएझैँ देखिने अन्नपूर्ण, कञ्चन धौलागिरी, नेपालगन्ज वा सुर्खेत र धनगढीसम्मको उडानमा देखिने कान्जिरोवा साईपाल र अपिको सुन्दरताले हरेको यात्रालाई हिमालय पर्वतको दर्शनका लागि निस्किएको भक्तजस्तै महसुस गराउँछ ।

















तपाईको प्रतिक्रिया