Friday, 5 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमंसिर २१ देखि २३ गतेसम्म समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय

मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्नेगरि समय तालिका सार्वजनिक गरेको छ । आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न समय उपलब्ध गराएको हो ।

निर्वाचन आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन सिदन सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयसहित अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर आवश्यक पर्छ ।

उम्मेदवारको बन्द सूची पेस नगर्ने राजनीतिक दलले भने समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गरिरहनु पर्दैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ