उपत्यकाका नदीहरूमा फोहोरमैलाको कुरुप रुप
काठमाडौँ । उपत्यकाका नदीहरूमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन नसक्दा फोहोरमैलाको कुरुप रुप देखिएको छ ।
यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म मानिसहरूले नदीमै फोहोर फालिरहेका छन् ।
प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुबै छोपिएका छन्। कहिलेकाहीँ नदीको किनार वा फोहोरबीच कुकुर, चराहरू, गाईभैँसीजस्ता जनावरहरू पनि देखिन्छन् ।
प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ । यसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्याइरहेको छ । ( फोटो : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी)

















तपाईको प्रतिक्रिया