Friday, 12 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयेंगा हिटीबाट ५० वर्षपछि पानी, यस्तो छ पन्ध्र सय वर्ष देखिको इतिहास

येंगा हिटीबाट ५० वर्षपछि पानी, यस्तो छ पन्ध्र सय वर्ष देखिको इतिहास


काठमाडौं । करिब पन्ध्र सय वर्षअघि देखि स्थानीयलाई पानी उपलब्ध गराउँदै आएको इतिहास बोकेको येंगा हिटीबाट पुनः पानी उपलब्ध हुन थालेको छ ।

स्थानीयवासीको अगुवाइमा यस हिटीको संरक्षण र जिर्णोद्वारपछि पुन: ५० वर्षपछि पानी ल्याउने अभियान सफल भएको हो ।  येगा क्लब र चिभा चैत्य अर्गनाइजेसनबीचको सहकार्य तथा वर्ल्ड मोनुमेन्ट्स फन्ड र नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा सम्पन्न जीर्णोद्धारपछि, करिब ५० वर्षपछि यो हिटीमा पुनः पानी प्रवाह सुरु भएको छ

Photo-NPL

पुनर्स्थापना कार्यसँगै हिटी क्षेत्रको सुरक्षा र निगरानी सुदृढ बनाउन CCTV क्यामेरा समेत राखिएको छ । २०२२ वर्ल्ड मोनुमेन्ट्स वाचमा सूचिकृत यो सम्पदाको पुनर्स्थापना कार्य वर्ल्ड मोनुमेन्ट्स फन्डको काठमाडौं उपत्यकाका हिटी संरक्षण परियोजना (२०२३–२०२६) अन्तर्गत सम्पन्न गरिएको थियोे । (फोटो : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ