आज एनपीएलको उपाधि भिडन्त, सुदूरपश्चिम र लुम्बिनीमा कस्ले मार्ला बाजि ?
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे शुरु हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुग्दा लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो । दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गतवर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा देखिएको छ ।
यता, गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेल नेतृत्वको लुम्बिनी पनि यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा सुदूरपश्चिमसँग ७ विकेटले पराजित लुम्बिनीले फाइनलमा बदला लिने मुडमा छ ।
एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउदा दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथोले १५ लाख पाउने छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि शुरू एनपीएल सिजन- २ मा आठ टोलीको सहभागीता थियो ।
















तपाईको प्रतिक्रिया