हेल्प नेपालको परोपकारी काम, विद्यार्थीदेखि विपन्न र विरामीसम्मलाई दरिलो साथ
काठमाडौं । परोपकारी संस्था हेल्प नेपाल नेटवर्क HELP NEPAL Network (HeNN) ले यो वर्ष देशका दुर्गम देखि शहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल–संरक्षण, महिला सशक्तिकरण र आपतकालीन राहतकाे क्षेत्रमा काम गरेको छ ।
संस्थाले यस वर्ष सिन्धुपाल्चोकस्थित श्री सिपाटिङघरे संस्कृत माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण, दोलखाको श्री राजकुलेश्वर आधारभूत विद्यालयमा १ जना इंग्लिश मिडियम शिक्षक र १ जना मोंटेसरी केयरटेकरका लागि एक वर्षको तलब सहयोग गरेको छ ।
यस्तै , श्री पञ्चकन्या आधारभूत विद्यालयमा ४ शिक्षकको तलब तथा अतिरिक्त पाठ्यक्रम पुस्तक खरिदमा सहयोग गरेको छ । प्युठान, डोटी, धुलिखेललगायतका विद्यालयमा ट्र्याकसुट, स्कूल झोला, सुरक्षा प्यानल लगायतका सामग्री वितरण गरेको छ ।

डोल्पाको महिला सामुदायिक सेवा समाज अनाथालयमा शैक्षिक सामग्री वितरण गरेको हेल्प नेपाल नेटवर्कले धुलिखेल बालगृहमा E–Library स्थापना गरेर सहयोग गरेको छ । यस्तै, रसुवा , आछाम र वैतडी जिल्ला का ३ वटाप्रथमिक विद्यालयमा पुस्तकालय, सौचालय तथा खाने पानी ट्यांकी निर्माणसँगै २०० भन्दा धेरै विधार्थीलाई न्यानो कपडा , झोला र पानी बोतल विरतण गरेको छ ।

मुगु जिल्लामा सन् २००४ मा स्थापना भएको हेल्प नेपाल स्वास्थ्य चौकीमार्फत स्थानीयवासीको उपचारमा साथ दिदै आएको हेल्प नेपाले बर्दिया–बारबर्दिया-नगर-अस्पतालमा पोर्टेबल USG मेसिन, Infant Radiant Warmer र आपतकालीन ट्रली सहयोग गरेको छ । तिलगंगा आँखा अस्पतालसँग सहकार्यमा गरेर आँखा उपचार शिविरसँगै मुगुमा HPV खोप अभियान सञ्चालन गरेको छ ।
दन्त शिविर, भिटामिन ‘ए’ अभियान, किशोरीहरूका लागि एच.पी.भी. खोप अभियान जस्ता सेवा सञ्चालन गरेको संस्थाले बाजुराका ६०० किशोरी तथा महिलालाई नि : शुल्क स्यानेटरि प्याड वितरण गर्न लागेको छ ।
नेपाली द्वारा नेपाल र नेपाली का लागी भन्दै संचालित परोपकारी संस्था HELP NEPAL Network (HeNN) ले नेपालका दुर्गम गाउँमा पुगेर शिक्षा, स्वास्थ्य, दैवी प्रकोपको उद्दार, राहत, प्राकृतिक विपत्तिमा साहारा दिने र पुनःस्थापनासम्मको काम निरन्तर गर्दै आएको छ ।

















तपाईको प्रतिक्रिया