Wednesday, 17 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमालेको नेतृत्व चुन्न मतदान, कहिले आउला नतिजा ? 

एमालेको नेतृत्व चुन्न मतदान, कहिले आउला नतिजा ? 


काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि ९ बजेबाट मतदान  भइरहेको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मतदान गरेर परिक्षण भएपछि प्रतिनिधिहरुको मतदान सुरु गरिएको हो ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एकजनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने बताइएको छ । निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदानको व्यवस्था गरेको छ । महिला र पुरुषको एउटै लाइन छ । महाधिवेशनमा दुई हजार २ सय ६३ मतदाता सहभागी छन् ।

केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा हुनुहुन्छ । ५ जना उपाध्यक्ष पदका लागि ११ जना, महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा हुनुहुन्छ । ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ । एमालेमा ३ सय १ केन्द्रीय सदस्यीय लागि ६ सय ६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् ।

आज साझै निर्वाचन परिणाम घोषणा गर्नेगरि निर्वाचन आयोगले तयारी गरिरहेको छ ।  ९ देखि १० घण्टामा पतदान सकिने अपेक्षा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ