रास्वपा सभापति रविलाई बैंक जमानत र धरौँटी लिएर थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौं । रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई जमानत र धरौँटी लिएर थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले मुद्दाको सुनुवाइ सकेर २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र थप एक करोड धरौटीलिएर थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेले बिगो बापतको रकमसँगै एक करोड धरौँटी मागिएको जानकारि दिनुभयो । विदेश जानुपरेमा अदालतसँग पूर्व अनुमति लिनुपर्ने सर्त समेत फैशलामा राखिएको छ । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिनुभएको थियो ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौँटीमा रिहा गर्न आदेश भएपनि उही प्रकृतिको मुद्धामा छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश भएको छैन ।
















तपाईको प्रतिक्रिया