किन मिलेन बालेन-रवि वार्ता ? भेटवार्ता सँगसँगै बन्दैछ बालेनको पार्टी कार्यालय
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी र निर्वाचनको उम्मेदवारीमा ५० प्रतिशत हिस्सा मागेपछि रास्वपासँग हुने भएको सहमति अनिश्चित बनेको छ ।

शनिवार (आज) रास्वपा सभापति रवि लामिछाने- बालेन्द्र निर्णायक वार्ता र सहमति हुने भनिए पनि ५०/५० प्रतिशत भागवण्डाले कुरो मिल्न सकेको छैन । बालेनसँग यसअघिकै भेटमा रास्वपा सभापति रवि लामिछानेले चुनावी तालमेलमा बालेन कुलमानलाई ६० प्रतिशत र बालेनलाई प्रधानमन्त्री स्विकार्न तयार रहेको सुनाउनुभएको थियो । सिके राउत, रेशम चौधरीसँगसँगै जेन जि अगुवाहरुको व्यवस्थापन समेत कसरी गर्ने भन्ने अर्को अन्यौलता देखिएको छ ।
राजनीतिक भेटवार्तासँगै बालेनको अर्को पनि तयारी
रवि नेतृत्वको रास्ववासँग सहमति नजुटेमा देश विकास पार्टीबाट राजनीतिमा छलाङ मार्ने तयारीमा बालेन्द्र शाह हुनुहुन्छ । केहि दिनदेखि बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट छलफल गरिरहनु भएको छ ।

यो सँगसँगै ज्वागलकै एक घरमा बालेनको देश विकास पार्टीको कार्यालय धमाधम बनिरहेको छ ।
देश विकास पार्टीको कार्यालयका लागि बाहिरी संरचना बनिरहेको घरको भित्रि कोठाहरुमा अफिस सेटअपको काम पनि भइरहेको छ । Photo- NPL

















तपाईको प्रतिक्रिया