पार्टी फुटाएको ४ वर्षपछि आफ्नो मूलघर राप्रपामै फर्किए कमल थापा, के छ ६ बुँदेमा ?
काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएको छ । बुधबार दुई पार्टीबीच एकता सम्झौतामा हस्ताक्षर भएको हो ।
राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएर पछि राप्रपा नेपाल रोजेकाहरुलाई सोही जिम्मेवारीमा फर्काइने सहमति जुटेको छ । ६ बुँदे सहमतिपत्रमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरु केन्द्रीय कार्यसमितिमा रहने जनाइएको छ ।राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाई तत् तत् जिल्लामा सम्मानजनक ढंगबाट व्यवस्थापन गरिने भनिएको छ ।

राप्रपा फुटाएर राप्रपा नेपाल मार्फत राजनीतिक अभियान अघि बढाउदै आउनुभएका कमल थापा ४ वर्षपछि आफ्नो मूलघर राप्रपामै फर्किनुभएको छ । एकता अभियानपछि राप्रपा अब कहिल्यै नफुट्ने थप बलियो राजनीतिक शक्ति बन्ने नेताहरुले प्रतिबद्धता गरेका छन् । Photo-NPL
















तपाईको प्रतिक्रिया