Monday, 5 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा समानुपातिक उम्मेदवारको दौडबाट फिर्ता भए यी ५  युवा 

रास्वपा समानुपातिक उम्मेदवारको दौडबाट फिर्ता भए यी ५  युवा 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूचीमा नाम पढाइएका ५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिनुभएको छ ।

आगामी चुनावलाई लक्षित गरेर रास्वपामा भित्रिएका काठमाडौंका मेयर बालेन शाह र उर्जामन्त्री कुलमान घिसिङको कोटामा परेका ५ जना समानुपातिक सांसद बन्ने रेसबाट बाहिरिनु भएको हो । अहिलेसम्म डा. महेन्द्र लावती, त्रिशाला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।   लावती र गुरुङ कुलमान कोटाबाट रास्वपाको बन्दसूचीमा पर्दा बाँकी तीन जना बालेन कोटाबाट राखिएका थिए ।

रास्वपा भित्रिनुभएका कुलमा घिसिङले उज्यालोको हिस्सा र निति खोज्दा समानुपातिक सूचीमा परेको नामलाई लिएर समेत चर्को विवाद भइरहेको छ। सभापति रवि लामिछानेले आयोगले दिएको समयभित्र नाम सच्याउने प्रतिबद्धता जनाउदै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ