Tuesday, 6 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरास्वपा र नागरिक उन्मुक्ति छाडेका नेताबीच ९ बुँदे सहमति

रास्वपा र नागरिक उन्मुक्ति छाडेका नेताबीच ९ बुँदे सहमति

कहाँ पुग्ला पहिचानको मुद्धा ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरु बीच ९ बुँदे सहमति भएको छ । रास्वपाले बृहत एकता अभियान कार्यक्रम गरेर आज नागरिक उन्मुक्तिका असन्तुष्ट नेता, थारुहट, थारुवान अभियानका अभियन्तालाई पार्टीमा स्वागत गरेको हो ।

थरुहट थारूवान अभियन्ता र रास्वपाबीच ९ बुँदे सहमति हुँदैगर्दा रास्वपा पहिचानवादी दलका रुपमा उदाएको बताउन थालिएको छ । यसअघि बालेन शाह समूह र कुलमान घिसिङ संयोजक रहेको उज्यालो नेपाल पार्टीसँग समेत रास्वपाले एकता गरेको छ । जनजाती समूहले उठाएको पहिचानको मुद्धामा समेत रास्वपा यो एकता अभियानबाट लचिलो बनेको बताइएको थियो ।

पहिचानको मुद्धा बोकेर उदायका अभियन्ताहरुलाई स्वपामा समासिहत गर्दा सभापति रवि लामिछाने, उपभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेसहित शीर्ष नेताहरूले स्वागत गरेका छन् । विभिन्न पार्टी, समूहसँग एकता र ध्रुविकरणको अभियान चलाईरहेको रास्वपाले विवेकशिल साझाका ७ जना र बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ