निर्वाचन वैशाख २१ मा सार्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव
"देश र विदेशका सबैलाई मतदानको अवसर दिनुपर्छ"
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सबैले मतदानको अवसर पाउनेगरि निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने सुझाव दिनुभएको छ ।
देश तथा विदेशमा रहेका सबै मतदाताहरूलाई मतदानको अवसर दिन निर्वाचन २ महिना पछि सार्न उपयुक्त हुने उहाँले बताउनुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले लोकतन्त्रमा सबैले निर्वाचनमा मत हाल्न पाउने अधिकार भएकाले यसको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।
अधिकतम मत खस्नेगरि सबैलाई मताधिकार दिएमात्रै निर्वाचनको विश्वास बढ्ने बताइन्छ । निर्वाचन तोकिएको मितिबाट केही समय पछि सारेर मताधिकार सुरक्षित गर्न धेरैले सुझाव दिइरहेका छन् ।
















तपाईको प्रतिक्रिया